बिल पास नगरेको भन्दै बन्दिपुरका वडाध्यक्ष गुरूङ द्वारा वडा सचिव भुसाललाई कुटपिट

बिल पास नगरेको भन्दै बन्दिपुरका वडाध्यक्ष गुरूङ द्वारा वडा सचिव भुसाललाई कुटपिट

तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङले सोही वडाका वडा सचिव नवीन भुसाललाई कुटपिट गरेका छन् । अध्यक्ष गुरूङले बिल पास नगरेको भन्दै तीन झापड हानेर घाइते बनाएको बताइएको छ । घाइते वडा सचिव भुसालकाे घाँटीकाे भागमा चाेट लागेको र उनलाई तत्कालै बन्दिपुर अस्पतालमा उपचारको लागि ल्याइएको र प्रारम्भिक उपचार पश्चात् अहिले भरतपुर अस्पतालमा रिफर गरिएको छ । अध्यक्ष गुरूङले आक्रमण गरेपछि सचिव भुसाल फुत्किएर भागेका थिए ।
श्राेतका अनुसार केही दिन अगाडि भएको भलिबल प्रतियोगितामा स्टमेट भन्दा बढीको बिल सचिवले पास नगर्ने बताएपछि वडाअध्यक्षले आक्रमण गरेका थिए ।

यस सम्बन्धमा अध्यक्ष गुरूङ सँग सम्पर्क गर्दा तीन झापड गालामा हानेको तर दुई पटक लागेको बताए । अतिनैँ भए पछि हात छाेडेकाे हुँ उनलेे भने । अध्यक्ष गुरूङका अनुसार केही दिन अगाडि तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता बारेमा वडा सचिव भुसाललाई जानकारी गराएको थिएँ , उनी बिदामा थिए । पछि बिदाबाट फर्केपछि कुरा गर्दा याे बिल पास हुँदैन , बिल पास गर्न मलाई कति कमिसन आउँछ भन्ने जवाफ फर्काएको उनले बताए । तपाईंलाई कति आयाे भन्दै वडाध्यक्षलाइ भनेको , पहिलो र दाेस्राे कप गर्दा पास हुँदै आएकाे बिल अहिले अल्झाउने , पास हुँदैन भन्ने जस्ता कुरा गरेको अध्यक्ष गुरूङले बताए । पालिकाका अध्यक्ष , उपाध्यक्ष सबै सहभागी भइ भब्य रूपमा सम्पन्न भएको कार्यक्रमबारे मलाई थाहा छैन भन्ने गरेको भन्दै उनलेे राम्रो मुखले भन्दा नमानेपछि बाध्य भएर हात छाेडेकाे बताए । उधारोमा कार्यक्रम चलाएपछि तिर्ने ठाउँमा तिर्न समयमै बिल पास हुनपर्याेनी उनलेे भने । अध्यक्ष गुरूङ एमाले बाट निर्वाचित वडाध्यक्ष हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page