सचिव कुट्ने बन्दिपुरका एमाले वडाध्यक्ष गुरूङ पक्राउ
तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङ पक्राउ परेका छन् । सोही वडाका वडा सचिव नवीन भुसाललाई कुटपिट गरेकाे सार्वजनिक भएपछि बन्दिपुर प्रहरीले उनलाई पक्राउ गरेको हाे । इलाका प्रहरी कार्यालय बन्दिपुरका इन्स्पेक्टर सन्तोष केसीले वडाध्यक्ष गुरूङ नियन्त्रणमा रहेको जानकारी दिए । ठाडो निवेदनका आधारमा नियन्त्रणमा लिइएको हाे केसीले भने । बाँके घर भएका वडा सचिव भुसालको उक्त वडामा नयाँ पाेष्टिङ रहेको बताइएको छ । यता कर्मचारी कुटिएकाे बिषयमा जिल्लाका कर्मचारी संघसंगठनले विज्ञप्ति मार्फत बिराेध गर्दै दाेसीलाइ कार्वाहीकाे माग गरेका छन् ।

बिल पास गर्न नमानेको भन्दै वडाध्यक्ष गुरूङले सचिवलाई पिटेको बताइएको छ । घाइते वडा सचिव भुसालकाे घाँटी र अनुहारकाे भागमा चाेट लागेको र उनलाई तत्कालै बन्दिपुर अस्पतालमा प्रारम्भिक उपचार पश्चात् भरतपुर अस्पतालमा रिफर गरिएको थियो । प्रहरीका अनुसार अहिले उनको अवस्था सुधाराेन्मुख रहेको छ । भाेली घरबाट आफन्त आएपछी कस्तो प्रकृतिको जाहेरी पर्छ साेही अनुसार कार्वाही प्रक्रिया अगाडि बढ्ने समेत बताइएको छ । अध्यक्ष गुरूङले आक्रमण गरेपछि सचिव भुसाल फुत्किएर भागेका थिए ।
श्राेतका अनुसार केही दिन अगाडि भएको भलिबल प्रतियोगितामा स्टमेट भन्दा बढीको बिल सचिवले पास नगर्ने बताएपछि वडाअध्यक्षले आक्रमण गरेका थिए ।

यस सम्बन्धमा अध्यक्ष गुरूङ सँग सम्पर्क गर्दा अतिनैँ भए पछि हात छाेडेकाे बताए । केही दिन अगाडि तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता भएको थियो , उक्त प्रतियोगिता बारेमा वडा सचिव भुसाललाई जानकारी गराएको थिएँ , उनी बिदामा थिए । पछि बिदाबाट फर्केपछि कुरा गर्दा याे बिल पास हुँदैन , बिल पास गर्न मलाई कति कमिसन आउँछ भन्ने जवाफ फर्काउने मात्रै हाेइन , तपाईंलाई कति आयाे भन्दै वडाध्यक्षलाइ भनेको , पहिलो र दाेस्राे कप गर्दा पास हुँदै आएकाे बिल अहिले अल्झाउने , पास हुँदैन भन्ने , फाइल लिन नमान्ने जस्ता कुरा गरेको अध्यक्ष गुरूङले बताए । पालिकाका अध्यक्ष , उपाध्यक्ष सबै सहभागी भइ भब्य रूपमा सम्पन्न भएको कार्यक्रमबारे मलाई थाहा छैन भन्ने गरेको भन्दै उनलेे राम्रो मुखले भन्दा नमानेपछि बाध्य भएर हात छाेडेकाे बताए । उधारोमा कार्यक्रम चलाएपछि तिर्ने ठाउँमा तिर्न समयमै बिल पास हुनपर्याेनी उनलेे भने । अध्यक्ष गुरूङ एमाले बाट निर्वाचित वडाध्यक्ष हुन् ।
























