गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी हुँदै पर्वतका डिएसपी बिष्ट सम्मानित

गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी हुँदै पर्वतका डिएसपी बिष्ट सम्मानित

जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिन बिष्ट माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेश कार्यालय पोखराले माघ महिनाका लागि बिष्टलाई ‘पुलिस अफ दी मन्थ’ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

डिएसपी बिष्टले सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दार, बफादार, कर्तव्यनिष्ठ भइ उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कर्तब्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ११ दिन कैदको फैसला भई बिगत २७ वर्षदेखी फरार रहेकी १ जना महिलालाई पक्राउ गर्न सफल भएका थिए ।

यस्तै सरकारी छाप किर्ते सम्बन्धी कसूरमा ११ महिना १७ दिन कैदको फैसला भई बिगत १२ वर्षदेखी फरार रहेका १ जना पुरुष समेत विभिन्न कसूरमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका जम्मा २७ जना फरार अपराधीहरुलाई पक्राउ गरी २२ वर्ष ५ महिना ३ दिन कैद र रु. १,४५, १४०/- जरिवाना असुल उपर गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको हुँदा उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page