तनहुँ उद्योग वाणिज्य संघले गर्याे डिआइजि खनाल लाई स्वागत एवम् सम्मान:



तनहुँ उद्योग बाणिज्य संघले नेपाल प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजि बिकाश राज खनाललाइ स्वागत एवं सम्मान गरेको छ । तनहुँ जिल्ला स्थायी ठेगाना भइ प्रहरी नायब महानिरीक्षक रहेका खनाललाई संघले स्वागत , सम्मान एवम् परिचयात्मक कार्यक्रम गरेको हाे ।

कार्यक्रममा व्यवसायीहरूकाे हालको अवस्थाकाे बारेमा समेत छलफल भएको थियो । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रकाे अध्यक्षतामा भएको कार्यक्रममा डिआइजि खनाललाई संघका पुर्व अध्यक्ष एवम् जिल्ला समन्वय प्रमुख शान्ति रमण वाग्ले लगायतले स्वागत गरेका थिए ।

उक्त अवसरमा संघका पुर्व अध्यक्षहरू ७ वटै बजार इकाइ , महिला उद्यमि संघ नेपाल तनहुँ , महिला उद्यमि बिकास समिति लगायत जिल्ला कार्यसमितिका सदस्य हरूकाे सहभागीता रहेको दमाैली बजार इकाईका सभापति सुकनाराण मल्लले जानकारी दिए ।




































