भानुकाे थानीथान मन्दिरमा फागुनकाे पहिलो हप्ता २२ वटा फुलकाे डाेली भित्रीयाे
तनहुँकाे भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा फागुनकाे पहिलो हप्ता २२ वटा फूलकाे डाेली भित्रिएका छन् । तनहुँ , लमजुङ, गाेर्खा , कास्की, चितवनबाट समेत गरि २२ वटा डाेली भित्रिएका हुन् ।

डाेलीसँगै करिब पच्चीस सयकाे हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । साथै साेमबार राती ५१ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए ।

आ-आफ्नाे मनाेकाँक्षा पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरि डाेली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन छ ।
























