शुक्लागण्डकीकाे गौं संरक्षण केन्द्रमा रहेको परालमा आगलागी हुँदा १० लाख बढीको क्षति
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ स्थित गौं संरक्षण केन्द्रमा रहेको परालमा आगलागि भएको छ । बुधवार छानो हाल्नको लागि वेल्डिङ गर्ने क्रममा आगोको झिल्काले परालमा आगो लागेको हाे ।

शुक्लागण्डकी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भएपनी पराल जलेर करिब नस्ट भएको छ । गौं संरक्षण केन्द्रकालागि जम्मा गरि राखिएको १० लाख बढिको परालमा आगो लागेको श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिए ।

























