निर्मल मावि पुर्व बिद्यार्थी मञ्चकाे अध्यक्षमा काेइराला

निर्मल मावि पुर्व बिद्यार्थी मञ्चकाे अध्यक्षमा काेइराला

तनहुँकाे व्यास नगरपालिका वडा नं १ स्थित भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा नारायण कोइराला चयन भएका छन् ।

विद्यालयमा बुधबार भएको पूर्व विद्यार्थीको भेलाले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा गिरीमाया मिश्र र विष्णुप्रसाद श्रेष्ठ, सचिवमा वीरबहादुर बस्नेत, कोषाध्यक्षमा दीपेन्द्र सापकोटा चयन भएका छन् । यस्तै सदस्यहरुमा विष्णुप्रसाद पाण्डे, मानसिं दरै, विमला भट्टराई, सन्जय गुरुङ, किस्मत श्रेष्ठ र सुशील विक चयन भएका छन् ।
त्यस्तै सल्लाहकारमा डा. शेषरमण न्यौपाने, रमेशचन्द्र हड्खले र गणेशचन्द्र बस्नेत चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page