तनहुँमा लागु औषध सहित एक जना पक्राउ:

तनहुँ प्रहरीले लागू औषध सहित एक जनालाई प्रकाउ गरेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नं ४ वेनीटारमा चेकजाँचका क्रममा ति व्यक्ति प्रकाउ परेका हुन् ।प्रकाउ पर्नेमा रुपन्देही पटखौली ३ घर बताउने २८ बर्षिय जनक हरिजन रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।
हरिजनले मुग्लिङबाट पोखरा तर्फ आउँदै गरेको ना ५ ख ४०३३ नम्बरको बसमा बोराको झोलामा लुकाई छिपाई १ सय ४१ एम्पुल लागु औषध ल्याएका थिए ।

प्रकाउ परेका हरिजनलाई अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरी प्रवक्ता खाँणले बताए ।




































