नेपाल रेडक्रस सोसाइटी तनहुँको साधारणसभा सम्पन्न:




नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँको ४१ औँ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि रेडक्रसका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले उद्घाटन गरेका थिए ।

शाखा सभापति प्रा.डा. कृष्ण प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल ,गण्डकी प्रदेशका महासचिव रामदत्त पाैडेल ,उपमहासचिव कृष्णचन्द्र पाण्डे , रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हडखले , शाखा उपसभापति नारायणी अधिकारी लगायतले बाेलेका थिए ।

साधारणसभाका अवसरमा तनहुँ जिल्लामा गठित २९ वटा उपशाखाहरू मध्यबाट उत्कृष्ट उपशाखाको रुपमा नेपाल सोसाइटी दुम्सीकोट उपशाखा, उत्कृष्ट शिक्षक नायकको रूपमा युवा रेडक्रस सर्कल रामशाह माध्यमिक विद्यालयका शिक्षक नायक राजेश सोनाम एवं उत्कृष्ट स्वयंसेवीहरु मध्ये व्यास दुई निवासी जुन नारायण श्रेष्ठ लाई सम्मान गरिएको थियो ।विगत तीन वर्षदेखि तनहुँ जिल्लामा उत्कृष्ट उपशाखाको रूपमा दुम्सीकाेट उपशाखा पर्दै आएकाे छ ।




































