निर्माण व्यवसायी संघ तनहुँकाे २८ औँ साधारण सभा सम्पन्न:
निर्माण व्यवसायी संघ तनहुँकाे २८ औँ साधारण सभा चैत २ र ३ गते दुई दिनसम्म चलेर सम्पन्न भएको छ । शुक्लागण्डकि नगरपालिका स्थित दगाम भुजिकाेट हाेमस्टे मा भएको साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य ऋषिराम अधिकारीले उद्घाटन गरेका थिए ।
निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष यज्ञ खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष माधव बहादुर पन्त , रत्नकुमार श्रेष्ठ , बमबहादुर थापा , माेहन कुमार श्रेष्ठ , साेमबहादुर थापा , जानकी थापा , तारानरेश पाैडेल , शुन्दर मणि अधिकारी , रामकुमार श्रेष्ठ , ईश्वरी प्रसाद देवकोटा , सुवर्ण श्रेष्ठ लगायतका बक्ताहरूले बाेलेकाे निर्माण व्यवसायी दिनेश वाग्लेले बताए ।

साधारणसभामा निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी समयमै नपाउँदा परेको अफ्ट्यारोका बारेमा वक्ताहरूले बाेलेका थिए । देशको पछिल्लो अवस्थाले निर्माण व्यवसायी प्रतक्ष्य मारमा परेको सहभागीहरूकाे भनाइ थियो ।





































