बन्दिपुरमा दाेस्राे शिद्धकप भलिबल प्रतियोगिता सुरु

बन्दिपुरमा दाेस्राे शिद्धकप भलिबल प्रतियोगिता सुरु

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिरे स्वाँरामा महाशिवरात्री पर्वको अवसरमा दोस्रो श्री सिद्धकप २०८१ गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा प्रमुख अतिथि बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पन्च माया गुरुङले बल हस्तान्तरण गरेर खेल उत्घाटन गरेकि थिइन् । यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेपाल मगर संघ केन्द्रिय निर्वाचन समिति संयोजक तथा युबा अभियन्ता सिद्धान्त गर्जामगर द्वारा नगद सहित भलिबल नेट र बल प्रदान गरिएको थियो । कार्यक्रममा वडाअध्यक्ष बलबहादुर गुरूङ लगायतले खेल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन पछिकाे पहिलो उत्घाटन खेलमा याेङ स्टार क्लव आबुखैरेनि गाउँपालिका वडा न: ०६ घलडाडा र मुलपानी शिबालय क्लब बन्दिपुर गाउँपालिका वडा न: ४ झप्प्री फाट बीच भएको खेलमा याेङ्गस्टार युवा क्लव घलडाडा २-१ले बिजय भएको छ । यस्तै अर्को दोस्रो खेलमा नारायण गोपाल युवा क्लब बन्दिपुर गाउँपालिका वडा न: ०२”कुर्कुर्दी र न्यु स्टार युवा क्लव आबुखैरेनि गाउँपालिका वडा न: ०६ ढिन्को बिच भएको खेलमा न्यु स्टार क्लव ढिन्को २-१ले बिजय भएको क्लब अध्यक्ष चिज कुमार गुरुङ (बाबु)ले जानकारी दिए ।


प्रतियोगितामा प्रथम हुने टिमलाई रु ३०,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र, द्वितीय हुने टिमलाई रु २०,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र, तथा तृतीय हुने टिमलाई रु १५,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । बेस्ट स्पाइकर, बेस्ट लिफ्टर र अनुशासित खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
महाशिवरात्री पर्वको अवसर पारेर आयोजना गरिएकाे प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष चिजकुमार (बाबू ) गुरुङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page