व्यास १४ मा आजबाट कुलुङ कप भलिबल प्रतियोगिता सुरु
मगर दिवसकोअबसरमा सातौं कुलुङ कप-२०८१ गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । तनहूँको व्यास नगरपालिका वडा न: १४ कुलुङमा सातौं कुलुङ कप-२०८१ अन्तर्गत गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आजवाट हुने भएको हाे ।

छाब्दी बाराही लाङघाली युवा क्लबको आयोजनामा मगर दिवशकाे अवसरमा फागुन १५ गते आज देखि प्रतियोगिता हुने भएको हाे ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने समूहलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। जसअनुसार प्रथम पुरस्कार रु. ५५ हजार , दोस्रो पुरस्कार रु. ३३ हजार र तेस्रो पुरस्कार रु. २० हजार रहेको छ । यस्तै उत्कृष्ट खेलाडी अन्तर्गत उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई पुरस्कार व्यवस्था गरिएको छ भने अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रमको आकर्षणका रुपमा नेपाली लोक संस्कृति झल्कने कौरा नाच, भङ्गारे झ्याउरे नाच र सोरोठी नाच लागायतका विविध मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिनेछ। यस्तै हिमश्रृङ्खलाको दृश्य अवलोकन गर्दै अर्गानिक खानाको परिकार खाना पाइने छ ।
आयोजकका अनुसार भलिबल खेलमा १ जना बाहिरी खेलाडी समावेश गर्न पाउने छ । खेलाडीहरुले आफ्नो सक्कली परिचय पत्र देखाएर मात्र प्रतियोगितामा सहभागी हुन पाउने छन् । यस्तै खेल राष्टिय रेफ्रिद्वारा टि.टि. सिस्टममा खेलाईने छ भने प्रतियोगीतामा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ ।
























