आँबुखैरेनीमा निशुल्क दन्त शिविर

आँबुखैरेनीमा निशुल्क दन्त शिविर


तनहुँकाे आँबुखैरेनी गाउँपालिका र नेलम्बो नेपालको साझेदारीमा आँबुखैरेनी गाउँपालिका वडा नं ६ स्थित प्यूसर सामुदायिक स्वास्थ्य चौकीमा दन्त शिविर सुरु भएको छ । फागुन १८ देखि २२ गतेसम्म आयोजित नि: शुल्क दन्त शिविरको उद्घाटन सँगै सुरुवात भएको गाउँपालिकाले जनाएको छ। शिविरमा वडा नं ५ र ६ का विशेष गरि दक्षिण भेगका स्थानीय बासिन्दाले सेवा लिन सक्ने छन्।

शिविरको पहिलो दिन ७४ जनाकाे नाम दर्ता भएको जसमा ६६ जना बिरामीलाई विभिन्न दन्त सेवाहरू प्रदान गरिएको छ। शिविरमा दाँत भर्ने , दाँत निकाल्ने, दाँत सफा गर्ने, र दाँतको जरा देखि उपचार जस्ता स्वास्थ्य सेवा समावेश रहेका छन् ।
शिविरमा आज ७४ जनाकाे चेकजाँच भएकोमा २ जनाले दाँत भर्ने २१ जनाले दाँत निकाल्ने , १० जनाले
दाँत सफा गर्ने , ७ जनाको दाँतको जरा देखि उपचार गरेको बताइएको छ ।
स्थानीय बासिन्दालाई दन्त स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविरकाे आयाेजना गरिएकाे र विशेष गरी गाउँका गरीब र विपन्न वर्गलाई सेवामा पहुँच पुर्याउने काम यसले गरेको गापाले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page