८ जना पाकेटमार पक्राउ
स्वयम्भु प्रहरीले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने ८ जना पाकेटमार लाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भुबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौं महानगरपालिका- १५ हलचोक एरियामा पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका सन बहादुर तामाङ, प्रकाश लामा, कसाङ तामाङ, धादिङका बिदुर कमल, बिबेक ढुंगाना, सिन्धुपाल्चोकका विकास तामाङ, सिन्धुलीका शख बहादुर योन्जन र रौतहटका आकाश तामाङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विगत पाँच महिनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुटेर भाग्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको हाे ।

























