५ जना डिएसपीकाे काज सरूवा
नेपाल प्रहरीका पाँचजना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ । आइतबार उनीहरुको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार लमजुङमा कार्यरत निशान्त श्रीवास्तवको नेपाल प्रहरी प्रधान कार्यलय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा हुँदा लमजुङमा डीएसपी रेशम बोहरालाई पठाइएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा माधव प्रसाद काफ्लेको काज सरुवा भएको छ भने त्यहाँ कार्यरत महेन्द्र नेपालको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यसैगरी वीर दत्त पन्तलाइ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा पठाइएको छ ।
























