व्याडमिन्टनमा म्याग्देलाइ पराजित गर्दै शुक्लागण्डकी प्रथम

म्याग्देमा साेमबार सम्पन्न व्याडमिन्टन प्रतियोगितामा म्याग्देका रेख श्रेष्ठ र राजन श्रेष्ठको जाेडिलाइ पराजित गर्दै शुक्लागण्डकी प्रथम भएको छ ।

म्याग्दे गाउँपालिकाकाे आयाेजनामा जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता अन्तर्गत भएको फाइनलमा शुक्लागण्डकीका खिम गुरूङ र फत्तबहादुर गुरूङकाे जाेडी प्रथम भएको हाे । म्याग्देकाे वडा नम्बर ४ स्थित थर्पु व्याडमिन्टन कवर्डहलमा उक्त प्रतियोगिता भएको म्याग्दे ४ का अध्यक्ष एवम् खेल संयाेजक दिपक कुमार श्रेष्ठले बताए ।

उक्त प्रतियोगितामा प्रथम हुने शुक्लागण्डकीले नगद रु ५० हजार, दोस्रो हुने म्याग्देले नगद रु ३० हजार तथा सान्त्वना हुने व्यासका सुरेन्द्र बाबू श्रेष्ठ र सन्जित खनाल तथा म्याग्देका ध्रुव श्रेष्ठ र ललित बहादुर श्रेष्ठले नगद रु १०÷१० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा ४० टिमको सहभागीता रहेको थियो । बिजय खेलाडीहरूलाइ पुरस्कार भने खेल समापनकाे दिन दिइने बताइएको छ ।
























