महिला नेतृत्वमा आधारित व्यवसाय अध्ययनका लागि बालिकाहरूको स्थलगत भ्रमण

महिला नेतृत्वमा आधारित व्यवसाय अध्ययनका लागि बालिकाहरूको स्थलगत भ्रमण

रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित तथा व्यवस्थित सूर्योदय क्लब अन्तर्गत आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा रहेको बालिका शिक्षा कार्यक्रमका कक्षा ११ का ४२ जना बालिकाहरूलाई तेस्रो मेन्टरिङ सत्र सम्पन्न गरिएको छ।

“महिला नेतृत्वको व्यवसाय” विषयक उक्त सत्र व्यास-१३ निवासी सृजना कोइरालाको “सृजना कृषि तथा पशु फर्म” मा स्थलगत भ्रमणमार्फत सम्पन्न भएको हो। भ्रमणमा बालिकाहरूलाई महिलाले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै विभिन्न व्यवसायहरु सञ्चालन गरेको र केही गर्नका लागि विदेशमात्र विकल्प नभई आफ्ना स्थानीय स्तरमा पनि आफ्नै पौरखमा सफल बन्न सकिने , विभिन्न बाँझो रहेको जग्गाहरूको सदुपयोग गर्ने र कृषि क्षेत्रमा अगाडि बढ्न सकिने कुराको जानकारी फर्मका सञ्चालक सृजना कोइरालाले दिएकी थिइन् ।

उक्त भ्रमणमा कक्षा ११ कि अर्पना तिवारीले यो भ्रमण पश्चात् आफ्ना गाउँमा रहेको पुर्ख्यौली जग्गा जुन विगत धेरै वर्षदेखि बाँझो रहेको छ उक्त जग्गामा बुवाआमालाई साथमा लिएर यस्तै व्यवसाय गर्न सकिने र आफ्नो माटोलाई उर्वर भूमि बनाउने कुरा बताउँदै यस भ्रमणपश्चात उक्त फर्मका सृजना कोइरालालाई यति धेरै शिक्षा प्राप्त गरिसके पश्चात पनि अन्य पेशामा नगई कृषि पेशा अपनाई यहाँसम्म आइपुग्नुभएकोमा धन्यवाद समेत ज्ञापन गरेकी थिइन्।
भ्रमणमा रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, सूर्योदय क्लबका अधिकृत लक्ष्मी नेपाल र कला बिमली तथा आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी शिक्षिका तथा बालिका शिक्षा कार्यक्रमका फोकल शिक्षक मीना श्रेष्ठको उपस्थिति रहेको थियो।

सत्रको सहजीकरण वरिष्ठ सामाजिक परिचालक सिर्जना पराजुली ले गरेकाे कार्यक्रममा सामाजिक परिचालक सृजना रावतको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बालिकाहरूले कृषि तथा पशुपालन व्यवसाय, यसको सञ्चालन प्रक्रिया तथा सफलताको यात्रा बारे प्रत्यक्ष अनुभव लिन पाएका थिए।

सूर्योदय क्लबको बालिका शिक्षा कार्यक्रमले यस किसिमका सत्रहरू नियमित रूपमा आयोजना गर्दै बालिकाहरूलाई जीवन उपयोगी सीप र मेन्टरिङका माध्यमबाट विभिन्न व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page