डुम्रे महाेत्सवमा सनिवार ( आज ) प्रिति आले , राजन शिवाकोटी सहितका कलाकार आउने

डुम्रे महाेत्सवमा सनिवार ( आज ) प्रिति आले , राजन शिवाकोटी सहितका कलाकार आउने

तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा आज सनिवार ख्यातिप्राप्त गायिका तनहुँकै चेली प्रिति आले आउने भएकी छन् । सनिवार बिदाको दिनमा दर्शकको उपस्थिति बाक्लो हुने र प्रितीकाे उपस्थितिले झनै दर्शक बढ्ने अपेक्षा गरिएको छ । प्रिति सँगै गाेजिमा दाम छैनका गायक राजन राज शिवाकोटी सहितका चर्चित कलाकारहरू आउने कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । महाेत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकार आउने र त्यसले दर्शकले भरपुर मनाेरञ्जन लिन पाउने श्रेष्ठले बताए ।

यस्तै दर्शकहरूकाे लागि आयाेजकले महाेत्सवमा विभिन्न छुट र सुविधाहरू समेत ल्याएको छ । महाेत्सवमा जानेले बन्दिपुर केवलकारमा छुट र एनटिसिकाे सिम फ्री पाउने भएका छन् । दर्शकहरूकाे सेवा सुविधालाई ध्यानमा राखी सिम फ्री मा दिन थालिएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । यस्तै महाेत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महाेत्सवकाे टिकटमा बन्दिपुर केवलकार जान ३५% छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकाे छ ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।

महाेत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाकाे लाभ लिएका छन् । याम्पा दूध र तरकारीको हब हाे , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महाेत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छाैँ महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले भने ।

यस्तै महाेत्सवमा बाख्राकाे चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिएकाे महाेत्सव स्टल समिति संयाेजक राम जाेशीेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page