आबुखैरेनी प्रहरीकाे अर्को सफलता , लागुऔषध सहित दुई युवा पक्राउ
इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर टेकप्रसाद सुवेदी नेतृत्वको टाेलिले आँबुखैरेनीबाट लागु औषध सहित दुई युवालाई पक्राउ गरेको छ ।आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ती युवाहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २१ को मदन गुरुङ र ऐ.ऐ. बस्ने वर्ष २१ को प्रज्वल गुरुङ रहेका छन् । उनिहरूकाे साथबाट लुकाई छिपाई ल्याएको अवस्थामा TRAMADOL लेखिएको जम्मा २२९ क्याप्सुल नियन्त्रित लागु औषध सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको आँबुखैरेनी प्रहरीले जनाएको छ । इन्स्पेक्टर सुवेदी नेतृत्वको टाेलिले यस अगाडि पनि पटकपटक लागुऔषध सहित विभिन्न व्यक्तिहरू पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेका छन् ।
समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी अधिकृतकाे भुमिका निभाएका उनलेे हरेक दिन जसाे लागुपदार्थ ओसारप्रसार गर्ने ठुलो गिराेहलाइ समाउन सफल हुँदै आएका छन् ।

























