युवा संगठन नेपाल तनहुँकाे भेला सम्पन्न , अध्यक्षमा बिकास:

युवा संगठन नेपाल तनहुँकाे भेला सम्पन्न , अध्यक्षमा बिकास:


नेपाल कम्युनिस्ट पार्टी सहायक संगठन युवा संगठन नेपाल तनहुँको दोस्रो भेला संपन्न भएको छ । भेलाले बिकासकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्बसंमत चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा बिशाल , सचिवमा रोशन लगायतको चयन भएको नेपाल कम्युनिस्ट पार्टीका नेता अाेमबिक्रम पन्तले बताए ।
यस अघि भएको कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथी ने.क.पा.केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज निशान ले उद्घाटन गरेका थिए ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोज , युवा संगठन नेपाल पुर्बि गण्डक ब्युरो इन्चार्ज रन सि, प्रतिनिधि सदस्य राजु , अ.ने.रा स्व‍‍.बि.यु.(समाजबादी)केन्द्रीय सदस्य सचिव प्रकाश , पुर्बी गण्डकी ब्युरो इन्चार्ज अशोक , मगर मुक्तिमोर्चाका तनहुँ जिल्ला संयोजक धन सिंह , ब्यास नगर इन्चार्ज आेम लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page