भिमादका महिलालाई अचार बनाउने तालिम

भिमादका महिलालाई अचार बनाउने तालिम

भिमाद नगरपालिकामा अचार बनाउने तालिम सम्पन्न भएको छ। महिला विपन्न र दलित लक्षित सीपमूलक कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नम्बर ५ का महिलाहरूलाई सात दिने अचार बनाउने तालिम दिएको हो। वडा नम्बर ५ साउने स्थित गणेशमान विद्यालयको हलमा फागुन २२ देखि २८ गते सम्म सञ्चालन भएको तालिममा करिब २९ जना महिलाहरू सहभागी थिए।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित सञ्चालन गरिएको उक्त तालिमको बुधबार समापन कार्यक्रम गरी प्रशिक्षार्थीहरूलाई भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै प्रमुख पुनले महिलाहरुलाई आत्मभिर्नर सँगै उद्यमी बनाउने नगरपालिकाको लक्ष्य अनुसार तालिम सञ्चालन गरिएको बताए। यस तालिमबाट सिकेका सिपको सदुपयोग गरी व्यवसायी बन्न सके पालिकाले प्रोत्साहन हुने खालको अन्य कार्यक्रम ल्याउने समेत उनले प्रतिबद्धता व्यक्त गरे।

सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पदम बहादुर थापा र कार्यपालिका सदस्य संगीता बिकले तालिम प्राप्त महिलाहरूलाई व्यावसायिक रूपमा लाग्न शुभकामना दिएका थिए । स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थ मुला, गाजर, लसुन, कागती, अदुवा, बन्दा, गुन्द्रुक, काउली, अमला, अकबरे खुर्सानी, मासु लगायतका विभिन्न प्रकारका अचार बनाउने तालिम दिएको प्रशिक्षक धना रानाले बताइन्।

कार्यक्रममा प्रशिक्षार्थीहरूको प्रतिनिधित्व गर्दै एक प्रशिक्षार्थी पूर्व वडा सदस्य ज्योति गैरेले बोलेकी थिइन।सात दिन सम्म सहभागी भएर लिएको सीपले आत्मनिर्भर बन्न सहयोग पुगेको र अचार व्यावसाय सञ्चालन गर्ने सोच बनाएको उनले बताइन। सो कार्यक्रमको सञ्चालन वडा सचिव रमेश चन्द्र गैरेले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page