म्याग्देमा बैशाख २ र ३ गते सार्वजनिक विदा:
तनहुँकाे म्याग्दे गाउँपालीकामा २०८१ साल बैशाख २ गते आइतबार र ३ गते साेमबार गरि दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

गाउँपालीकाकाे नवनिर्मित प्रमुख प्रशासकिय भवन सम्पन्न भए सँगै नयाँ भवन बाट सेवा प्रवाह गर्ने गरि सरसामान सार्ने कामको लागि सार्वजनिक बिदा दिइएको हाे । गाउँपालिकाकाे जिन्सी सामाग्री , बिद्धुतिय सामाग्री , विभिन्न श्रेस्ता कागजातहरू सार्नपर्ने , फर्निचर सहित बिद्धुतिय उपकरणहरू नयाँ सेटिङ् गर्नुपर्ने र साे सँगै नवनिर्मित भवनको राष्ट्रपति रामचन्द्र पाैडेल बाट समुद्घाटन हुने समेत तय भएकोले सार्वजनिक बिदा दिइएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार गाउँपालिका कार्यालय र सबै वडा कार्यालयहरू उक्त दिनमा पुर्ण रूपमा बन्द रहने छन्
।
यस्तै बैशाख २ गते हाल रहेको कार्यालय बाट सरसामानहरू सार्ने र रूद्रि पुजा गर्ने तथा ३ गते सामान सेटिङ र भवन उद्घाटन गर्ने कार्यक्रममा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू लाग्नुपर्ने अवस्था रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।




































