भट्टराईकाे पहलमा बजेट परेपछि घुमाउनेकाे पुलकाे काम अगाडि बढ्यो
तनहूँ जिल्लाको घुमाउने घाटको झलुङ्गे पुल मर्मतकाे काम अगाडि बढ्ने भएको छ । काङ्ग्रेस नेता गाैविन्द भट्टराईकाे पहलमा पुल मर्मतको लागि बजेट परेसँगै काम अगाडि बढ्ने भएको हाे । नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराउँदै लेखेका छन् – तनहूँ जिल्लाको घुमाउने घाटको झलुङगे पुल मर्मत गर्नका लागि दौडधूप गरी प्रबिधकहरुले स्टिमेट गरे अनुसारको आबस्यक रकम रु पाच लाख बिनियोजन गराएको छु।अब चाडै नै झलुङगे पुल मर्मत हुने छ।यो स्टिमेट गर्ने जिल्लाका भौतिक पूर्बाधार प्रमुख देखि यो पुल मर्मतका लागि सहयोग गर्ने सबै कर्मचारी साथिहरुलाई धन्यवाद दिन चाहन्छु।

यता घुमाउनेघाटकाे माेटरेवल पुल भने एक दशक देखि अलपत्र छ । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल एक दशकदेखि अलपत्र परेपछि स्थानीय आन्दाेलित र आक्राेसीत हुँदै आएका छन् ।

तत्कालै पुल बनाउन माग गर्दै स्थानीयले पटकपटक सडकमा दबाबमूलक नारा जुलुस सँगै प्रशासन कार्यालय , पुर्वाधार कार्यालय र सडक डिभिजन कार्यालयमा धर्ना एवम् ध्यानाकर्षण गराउदा पनि त्यसको काम अगाडि बढ्न सकेको छैन ।
























