बिश्व क्षयरोग दिवसमा स्वास्थ्यमन्त्री पाैडेलबाट जनस्वास्थ्य तनहुँका कंडेल सम्मानित
विश्व क्षयरोग दिवसको अवसरमा आयाेजित कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँमा कार्यरत सुदीप कंडेल पुरस्कृत तथा सम्मानित भएका छन् । गण्डकी प्रदेशबाट क्षयरोग कार्यक्रममा उत्कृष्ट कार्य गरे वापत स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कंडेललाई सम्मान गरेका हुन् ।

राष्ट्रिय क्षयरोग कार्यक्रममा उत्कृष्ट योगदान गरे वापत केन्द्रको मिति २०८१/१२/०७ को निर्णय बमोजिम फाेकल पर्सन कंडेललाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय बमोजिम उनलाई सम्मान गरिएको बताइएको छ ।

























