तनहुँका स्थानीय तहले अनुदान लिनका लागि समन्वयमा पेस गरेका कागजपत्र नक्कली

तनहुँका स्थानीय तहले अनुदान लिनका लागि समन्वयमा पेस गरेका कागजपत्र नक्कली

संघ तथा प्रदेशबाट अनुदान पाउन प्रथम भएको देखाउन तनहुँका स्थानीय तहले अस्वस्थ प्रतिस्पर्धा गरेका छन् । उनिहरूले स्थानीय तह वित्तीय सुशासन जाेखिम मुल्यांकनमा जिल्ला समन्वय समिति तनहुँमा पेश गरेका कागजपत्रहरू धेरै नम्बर ल्याउने अस्वस्थ प्रतिस्पधाले नक्कली पेश गरेका हुन् । तनहुँका स्थानिय तहहरू व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका,भिमाद नगरपालीका, म्याग्दे गाउँपालिका, वन्दिपुर गाउँपालिका, आवुखैरेनि गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाले पेश गरेका कागजपत्रहरू नक्कली भेटिएका हुन् । वार्षिक रूपमा भएका कामकाे स्वमुल्यांकन गर्दै स्थानीय तहहरूले सुचकका अधारमा कागजपत्र पेश गरेकाे जिल्ला समन्वयन समिति तनहुँले दिएकाे तथ्यांकमा उल्लेख छ । तनहुँका स्थानीय तहले अत्याधिक मात्रामा नम्बर दिएर पठाउने गरेको तर समन्वयले हेरेको सुचकमा न्यून अंक आएकाे देखिएपछि कागजात फर्जी पेश गरेकाे बास्तबिकता खुलासा भएको हाे ।
जिल्लाका १० वटा स्थानीय तहले पठाएको विवरणमा फर्जी डकुमेन्ट हालेर पठाएकाे अवस्थामा वित्तीय आयाेगले अनुदान बढाउन नसक्ने अवस्था रहन्छ । पालिकाले मुल्यांकनमा वार्षिक रूपमा उर्तिण हुनका लागि ४० अंक ल्याउनु पर्छ । पालिकाले पठाएको प्रतिवेदनमा आँफैले चढाएर पठाएको अंकमा समन्वयबाट पारित हुन नसकेको र फिडव्याककाे लागि सुझाव दिएर पठाइएको लामाे समय हुदा पनि ४ वटाले मात्र वुझाएका समन्वय कार्यालयले जनाएकाे छ ।
हालसम्म शुक्लागण्डकी नगरपालिकाले ७५ , भिमाद नगरपालिकाले ७० , भानु नगरपालिकाले ६० र देवघाट गाउँपालिकाले ४९.५ अंक नतिजा पाएका छन् । अन्य ६ वटा स्थानिय तहले पुनरावलाेकन नगरे पश्चात् समन्वयले नतिजा प्रकाशन गर्न समस्या भएकाे छ । हालसम्मकाे नम्वर हेर्दा शुक्लागण्डकी तनहुँमा प्रथम भएकाे छ ।

स्थानीय तहबाट पठाइएको प्रारम्भिक प्रतिवेदन पश्चात् पुन सुधार गरेर पठाउन गरिएको ताकेता अनुसार उक्त चारवटा स्थानीय तहको मात्र आएकाे र अन्यकाे नआएकाे समन्वयन अधिकारी प्रकाश पाैडेलले जानकारि दिए । स्थानिय तहले ९२ अंक दावि गरेकाेमा जम्मा ३३ अंक अएकाले सरकारि कार्यालयकाे कागजपत्रमा शंका देखिएकाे हाे । लामाे समयसम्म पनि सुझावका लागि पुनरावलाेकनका लागि कागपत्र पेश नहुनुले थप शंका सृजना भएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page