छिम्केश्वरीमा श्रीमद्भागवत महापुराण लगाउने

छिम्केश्वरीमा श्रीमद्भागवत महापुराण लगाउने

तनहुँकाे धार्मिक तथा एैतिहासिक महत्व बाेकेकाे पर्यटकीय स्थल छिम्केश्वरीमा श्रीमद्भागवत महापुराण लगाउने तयारी भएको छ ।
आँबुखैरेनी गाउँपालिका-५, स्थित छिम्केश्वरी मन्दिरको धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकासको लागि श्रीमद्भागवत महापुराण लगाउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरीमा जेष्ठको दोश्रो सातामा महापुराण लगाउन तयारी सुरु गरिसकेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।


श्रीमद्भागवत महापुराण लगाउने बिषयमा गुरु दिनबन्धु पोख्रेल र आँबुखरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बीच शुक्रवार प्रारम्भिक छलफल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page