पुर्व राजा शाहको सुरक्षा कटाैती गर्दै १० जना शुरक्षाकर्मी फिर्ता
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा कटौती गर्दै सशस्त्र प्रहरीले उनका १० जना सुरक्षाकर्मी फिर्ता बोलाएको छ। यसअघि डिएसपीको कमाण्डमा रहेका २५ सुरक्षाकर्मीमध्ये १५ मात्र कायम गरिएका छन्। सरकारले पूर्व राष्ट्रप्रमुखका रूपमा उपलब्ध गराउँदै आएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेको बेला सुरक्षामा गरिएको यो परिवर्तनले देश थप तरंगित भएको छ।

यसअघि पूर्वराजपरिवारको सुरक्षाका लागि १५५ जना सशस्त्र प्रहरी खटाइएका थिए। साथै, इन्धनसहित तीनवटा सरकारी सवारी साधन पनि उपलब्ध गराइँदै आएको थियो। पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मी घटाइएसँगै परिवारका अन्य सदस्यहरूलाई खटिएका सुरक्षाकर्मी पनि फिर्ता गरिएका छन्। नारायणहिटी राजदरबारबाट हटेपछि नेपाल सरकारले पूर्व राजपरिवारलाई नागार्जुन दरबार आवासका रूपमा उपलब्ध गराएको छ। तर, निर्मल निवास भने पूर्वराजाको निजी सम्पत्ति हो।

























