राजावादीको प्रदर्शनकाे ताेडफाेडमा संलग्न १ सय ५ जना पक्राउ

राजावादीको प्रदर्शनकाे ताेडफाेडमा संलग्न १ सय ५ जना पक्राउ

राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्ममा १०५ जना पक्राउ परेका हुन् ।

प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले बताए । प्रहरीका अनुसार हिजो शुक्रवारको प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको छ।
यस्तै नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरीका २४ जना घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन्। ७ वटा सरकारी र ९ वटा निजी सवारीसाधनमा क्षति पुर्‍याइएको छ।
प्रदर्शनका क्रममा जडिबुटी कम्पनीसमेत १४ स्थानमा आगजनी गरिएको, ८ वटा कार्यालय र संस्थामा तोडफोड भएको छ भने एउटा व्यापारिक केन्द्रमा लुटपाट भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page