१ हप्ता देखि दमाैलीमा फाेहाेर उठ्न सकेन

१ हप्ता देखि दमाैलीमा फाेहाेर उठ्न सकेको छैन । माघ २ गते सुचना प्रकाशित गर्दै व्यास नगरपालिकाले अर्को व्यवस्था नभएसम्मको लागि बजार क्षेत्रबाट नकुहिने फोहोर नउठाउने भनेको थियो । विगत ३०÷३२ वर्ष देखी फोहोर मैलाको स्थायी समाधानका लागि विभिन्न विकल्पकाे कार्य भइरहे पनि समाधान हुन नसकेको उक्त सुचनामा उल्लेख थियो ।नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको भन्दै कुहिने फोहोर र नकुहिने फोहोर घर घरबाट छुट्टयाउने कार्य भएता पनि नहुकिने फोहोरमा कुहिने फोहोर अझै मिसिएको अवस्था रहेको जस्ले गर्दा नकुहिने फोहोर विसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएर स्थानीयको गुनासो आइरहेको समस्या व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरूङ द्वारा प्रेषित विज्ञप्ति मार्फत जनाएको थियो ।

नगरपालिकाले नकुहिने फोहोर संकलन कार्य अर्को व्यवस्था नहुदाँसम्म विशेष कारणबस उठाउन नसकिने हुदाँ नकुहिने फोहोरको केहि दिन स्वंयमले घरमै सुरक्षित राख्नुहुन अनुरोध गरेको थियो । तर १/२ दिनको फाेहाेर घर भित्र व्यवस्थापन गरेपनि लामो समय व्यवस्थापन गर्न गार्‍हो हुने भए पछि अहिले फाेहाेर घर बाट बाहिर निस्कन थालेको र बजारमा फाेहाेरकाे थुप्रो लाग्न थालेको छ । फाेहाेरकाे थुप्रो बढ्दै जाँदा दुर्गन्ध फैलने र बजार नैँ कुरूप देखिने नगरबासिकाे चिन्ता छ ।

नकुहिने फाेहाेर नउठेको भए पनि कुहिने फोहोर संकलन गर्न भने एकदिन बिराई नियमित गाडि आउने नगरपालिकाले जनाएको छ । यतिका वर्ष सम्म पनि फाेहाेर फाल्ने ठाउँको स्थायी व्यवस्थापन हुन नसक्दा नगरबासिले सास्ती बेहाेर्दै आउनुपरेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page