दमाैली खानेपानीकाे सचिवमा याेगिता सर्वसम्मत ,अन्य पदमा काे काे ?

दमाैली खानेपानीकाे सचिवमा याेगिता सर्वसम्मत ,अन्य पदमा काे काे ?

दमाैली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सचिवमा याेगिता श्रेष्ठ सर्वसम्मत चयन भएकि छन् । सुक्रवार भएको उम्मेदवारी दर्तामा श्रेष्ठ सँगै बसुन्धरा घर्ती, र कृष्ण सुनारको उम्मेदवारी परेको भए पनि सनिवार घर्ती र सुनारले उमेदवारी फिर्ता लिए पछि श्रेष्ठ सर्वसम्मत भएकि हुन् ।

संस्थाको यस अघि नैँ उपाध्यक्षमा विशेश्वर सुवेदी सर्वसम्मत चयन भइसकेका छन् ।

संस्थाको पाँचौ अधिवेशन तथा १३ औं साधारण सभाकाे लागि अध्यक्षमा भने माधव अधिकारी , राजकुमार श्रेष्ठ, बुद्धिमान श्रेष्ठ र टुकबहादुर हमाल गरि चार जना बिच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अहिले २ बजेबाट सुरु भएको छ । यस्तै काेशाध्यक्षमा चिराैकाजी बतास र दीर्घबहादुर थापा बिच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै संस्थाको महिला खुल्ला सदस्य ३ जनामा ७ जनाको उम्मेदवारी परेको छ । जसमा मिनका रिमाल कट्टेल , मछिन्द्र देवी श्रेष्ठ ,दुर्गा देवी सेढाई पन्थ, सूर्य कला काफ्ले , दिपा श्रेष्ठ , मैया थापा र केश कुमारी राणा मगर रहेका छन् भने खुल्ला सदस्य ५ जनामा सूर्य अधिकारी भक्त , मिनराज न्यौपाने , हमराज पन्थ , इन्द्रध्वज गुरुङ्ग , सुरेश अधिकारी , राम बहादुर सापकोटा , राजेन्द्र बाँनिया , नन्द बहादुर थापा मगर , घनश्याम श्रेष्ठ , बासुदेव अधिकारी र टिका गिरी बिच प्रतिस्पर्धा हुँदै छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page