पर्यटक बस दुर्घटनामा छ चिनिया नागरिक घाइ:
तनहुँ, चैत्र १० गते ।
पृथ्वीराजमार्ग पर्ने तनहुँको म्याग्दे गाँउँपालिका–६ शेराटारमा शनिबार विहान ६ः२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाईते भएका छन् ।
पोखराबाट काठमाण्डौ जाँदै गरेको बा १ प ११३९ नंं. को पर्यटक बस सडकको दाया साईडमा पल्टिँदा घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । खाँडका अनुसार दुर्घटनामा बसमा सवार २६ मध्ये सो सङ्ख्यामा घाईते भएका हुन् ।
घाईते हुनेहरुमा ५० बर्यीय सुन लि, ५७ बर्यीया हुक्सिया लि, ६२ बर्यीय वाङ वि डोङ, ६७ बर्यीय कियो मेङ, ६८ बर्यीय छुचेङ र ७० बर्यीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाईते सबैको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भईरहेको र दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।





































