दमाैली खानेपानीकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित:

दमाैली खानेपानीकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित:

दमाैली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित भएका छन् ।

संस्थाको सनिवार सम्पन्न पाँचौ अधिवेशनमा प्रत्याशीहरू माधव अधिकारी , राजकुमार श्रेष्ठ र टुकबहादुर हमाल लाई पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठले एक सय पाँच मत प्राप्त गरेका छन् । निर्वाचनमा अधिकारीले ७४, श्रेष्ठले ३४ र हमालले २३ मत प्राप्त गरेका छन् ।

यस्तै समितिकाे काेशाध्यक्षमा चिराैकाजी बतास निर्वाचित भएका छन् । वतासले अर्का प्रत्याशी दीर्घबहादुर थापा लाई पराजित गरेका हुन् ।
निर्वाचित बतासले एक सय ३७ र दीर्घबहादुर थापाले ७९ मत प्राप्त गरेका थिए ।

यस अगाडिनैं संस्थाको उपाध्यक्षमा विश्वेश्वर सुवेदी तथा सचिवमा याेगिता कायस्थ सर्वसम्मत निर्वाचित भइसकेका थिए ।

यस्तै संस्थाको सदस्यहरूकाे भने मतगणना जारी रहेको छ । कुल दुई सय ६६ मतदाता रहेकामा मतदानमा दुई सय ६१ मत खसेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page