व्यासले दियो भुकम्प प्रतिरोधी तालिम

व्यासले दियो भुकम्प प्रतिरोधी तालिम

तनहुँकाे व्यास नगरपालिकाले बाइस जना डकर्मीलाई भूकम्प प्रतिरोधी संरचना निर्माण संम्बन्धि तालिम प्रदान गरेको छ । 
व्यास नगरपालिकाको भवन नियमन तथा घर नक्सापास शाखाको समन्वयमा उनीहरुलाई पाँच दिनको तालिम दिइएको हो । 
भूकम्पको समयमा हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उद्वेश्यले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नका लागि तालिमको आयोजना गरिएको व्यासका इन्जिनियर अमृत केसीले जानकारी दिए ।  
केसीका अनुसार व्यास नगरपालिकाभित्र निर्माण कार्य गर्दै आएका डकर्मीलाई समावेश गरी संरचना निर्माण संम्बन्धि ज्ञान प्रदान गरिएको   हो ।  
उक्त तालिमको पहिलो दिन भूकम्प सम्बधित आधारभूत जानकारी,घरको आकार प्रकार,निर्माण गुणस्तर र निर्माण सामाग्रीको गुणस्तर लगायतका बिषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । 
तालिमको दोस्रो दिन गारोवाला भवन निर्माणको सैद्धान्तिक ज्ञान तथा सो सम्बधि अभ्यास गराइएको व्यासका अर्का इन्जिनियर प्रवीण कैनीले जानकारी दिए । 
त्यसैगरी तेश्रो र चौथो दिन पिलरवाला भवन निर्माण को सैद्धान्तिक ज्ञान,भवनका मुख्य अंगहरु जग, टाई बिम, पिलर, सिल ब्याण्ड,स्लाब, भर्याङ जस्ता भागहरुको अभ्यास गराइएको थियो । 
तालिमको पाँचौं दिन राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनमा डकर्मीको भूमिका, भवन निर्माण मापदण्ड तथा नक्सा पास प्रक्रिया जस्ता सैद्धान्तिक शिक्षा प्रदान गरिएको थियो । 
व्यास नगरपालिकाबाट अन्य नगरपालिकाले समेत हेरेर सिको गर्ने हुँदा उदाहरणीय कार्य प्रस्तुत गर्न सुझाब दिइएको प्रमुख प्रसासकीय अधिकृत गंगालाल सुबेदीले बताए । 
तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्दै भूकम्प प्रतिरोधी संरचना निर्माण गरेर सुरक्षित नगरपालिका बनाउन सहयोग पुग्ने बिश्वास लिइएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page