आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड सम्पन्न ,दमाैलीकी सुभद्रा काठमाडौंमा सम्मानित

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड सम्पन्न ,दमाैलीकी सुभद्रा काठमाडौंमा सम्मानित

आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ हालै काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रममा देशभरिबाट सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायनमा दमाैलीकी सुभद्रा श्रेष्ठ छनाेट हुन सफल भएकी छन् ।
देशभरिका हरेक बिधाबाट दिइने अवार्ड मध्ये दाेहाेरी क्षेत्रबाट सुभद्रालाइ उक्त अवार्डले सम्मानित गरिएको हाे । सम्मानित सुभद्रालाइ बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी लगायतका अतिथिहरूले सम्मान गरेका थिए । लाेकदाेहाेरी प्रतिष्ठान नेपाल तनहुँमा रहेकी सुभद्रा लगायत अन्य ७ वटा भाषा र भाका सहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।
पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाकाे सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लिएर विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page