१२ औ आदर्श सातौ तारा स्मृति कप फुटबल चैत २० गतेदेखि मनहरीमा हुने:

१२ औ आदर्श सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता यही चैत २० गतेदेखि २४ गतेसम्म हुने भएको छ ।
युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना भन्ने मुल नाराका साथ आदर्श नमुना क्लब म्याग्दे-४. मनहरीकाे खेलमैदानमा प्रतियोगिता हुने क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए । प्रतियोगितामा
प्रथम हुने टिमलाई ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमलाई ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने अध्यक्ष कायस्थले जानकारी दिए ।

यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र डिफेण्डरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवका खेल संयाेजक सलन थापाले बताए ।

१६ टिमको सहभागिता गराइने प्रतियोगिता भएकोले पहिले दर्ता गर्ने टिमलाइ मान्यता दिईने र दर्ता शुल्क ५ हजार ५ सय रहने संयाेजक थापाले जानकारी दिए ।

यस्तै प्रतियोगिताकाे लागि कुनै पनि क्लब, संघ वा संस्थाको एक भन्दा बढि टिम दर्ता नहुने क्लवले जनाएको छ । टिम दर्ता fone pay तथा Sewa मार्फत समेत गर्न सकिनेछ ।

टिम दर्ता गर्ने अन्तिम मिति चैत्र १८ गते सांझ ५ बजे सम्म रहेकाे प्रतियोगिताका लागि सह-आयोजककाे रूपमा म्याग्दे गाँउपालिका वडा नं. ४ रहेको छ ।

क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । तनहुँ फुटबलको इतिहासमा १२ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page