म्याग्देकाे घुम्ती शिविरमा ९ हजार भन्दा बढी सेवाग्राही लाभान्वित
म्याग्दे गाँउपालिकाले शुरु गरेको एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । फागुण २१ गते देखि चैत्र ८ गतेसम्म पालिकाका ७ वटै वडाका टाेलस्तरमा संचालन भएको शिविरवाट ९३५३ सेवाग्राही लाभान्वित भएका छन् ।

शिविरवाट लाभ लिनेहरु मध्ये स्वास्थ्य उपचार सेवा अन्तरगत ३०३८ जना रहेका छन् भने आयुर्वेद उपचार सेवा तर्फ ८७८ जना रहेका छन् ।

यसैगरि पशुको उपचार शाखावाट १९२६ जनालाई सेवा दिइएको छ भने कृषि सेवा वाट २९१५ जनालाई सेवा दिईएको छ ।
यसैगरि शिविरवाट ७५ जना अपाङ्गता तथा जेष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिक सम्वन्धी ४८ वटा उपभोक्ता समितीले विभिन्न सेवा लिएका छन् ।
व्यापार व्यवसाय तथा संस्था दर्ता यस अवधिमा ५९ वटा दर्ता गरिएको छ भने पन्जिकरण शाखा अन्तरगत ५७ जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । त्यस्तै शिविरवाट प्रशासनिक कार्यमा ३५७ जना सेवाग्राहीले सेवा लिएको गाँउपालिकाले जनाएको छ ।
यसअघि पनि गाउँपालिकाले ३ दिने क्यान्सर परिक्षण, मृगौला परिक्षण, पाठेघरको परिक्षण सहितको पहिलो चरणको एकिकृत घुम्ति शिविर संचालन गरिसकेको छ ।




































