म्याग्दे ७ काे सिद्वेश्वर महादेव संरक्षण समितिकाे अध्यक्षमा श्रीभद्र:
म्याग्दे–७ सागे पयर ठुलोपहरा स्थित सिद्ध झाक्रि एंव सिद्धेश्वर महादेव संरक्षण समितिको अध्यक्षमा श्रीभद्र आचार्य सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न अधिवेशन तथा साधारण भेलाले आचार्यकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।

नव गठित समितिको उपाध्यक्षमा नारायण ज्ञवाली , सचिवमा दोधराज रेग्मी, कोषाध्यक्षमा रविना धर्ती र सह सचिवमा पवित्रा खवास चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मोहन बिक्रम शाही, लक्ष्मी भण्डारी, दुर्गा देवी वाग्ले, नारायण माझी, केशव बिक, गंगा वाग्ले, सुरज बोहोरा, रेशम नेपाली, दलीसरा सुनारी,चन्द्र मणि ओझा, पवित्रा नेपाली, अतिराम नेपाली ,माधव प्रसाद पण्डित ,गौरा देवि खवास, सृजना वाग्ले, लिलावति कामी, गोविन्द नेपाली र कमला बिक रहेका छन् ।
सिद्ध झाक्रि एंव सिद्देश्वर महादेव सरक्षण समितिकी अध्यक्ष ईश्वरी वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य श्याम राजा महतले उद्घाटन गरेका थिए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , वडा नं ७का अध्यक्ष बसन्त कुमार श्रेष्ठ, १ का अध्यक्ष मणिभद्र वाग्ले, वडा नं ७ का सदस्य ध्रवबहादुर नेपाली, श्रीभद्र आचार्य, नाराणण ज्ञवाली, बलराम वाग्ले, गोमा वाग्ले, गौरा देवि खवास
, सपना पाैडेल , दाेधराज रेग्मी लगायतले बाेलेका थिए ।
गुफाभित्र अवलोकन गर्दा शिवलिङ्ग,गणेश,नाग,शंख लगायत विविध प्राकृतिक आकृतिहरू स्पष्ट देखिने नव गठित समितिका अध्यक्ष आचार्यले जानकारी दिए । उक्त गुफामा रहेका भगवानको सुन्दर अलौकिक दृश्यहरूको साथै १०८ वेल बृक्षको प्रचार प्रसार गराउने उद्देश्यले पनि भेला आयोजना गरिएको उनले बताए ।
सोही अवसरमा गुफा, सिद्देश्वर शिव लिङग, सिद्द झाक्रि एवम् सागे सेरोफेरोका बारेमा पौराणिक लेख, रचना, कविता, मुक्तक समेत प्रस्तुत गरिएको थियो ।




































