विहे गर्न पराशर मन्दिर पुगेका केटाकेटी प्रहरी खाेरमा:
विहे गर्न मन्दिरमा पुगेका केटाकेटी प्रहरी खाेरमा पुगेकाे भन्ने खबर सुन्दा अपत्यारिलो एवम् अनाैंठाे लाग्न सक्छ । तर व्यास नगरपालिका वडा नं ५ मा रहेको पराशर मन्दिरमा साेमबार बिहान त्यस्तै भएको छ ।
घटना यस्तो थियो –
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारी हरेक दिन जस्तै साेमबार बिहान पनि मर्णिक वाकमा पराशर तिर गएका थिए । मन्दिर नजिकै पुग्दा १ युवकले नजिकै आएर सहायक प्रजिअ भण्डारीलाई साेधे – याे मन्दिरमा बिवाहा गर्न पाइन्छ ? भनेर !

यसाे हेर्दा सानो जस्तो लागेर कति वर्ष भयौं बाबू , बिवाहा गर्ने भन्छाै ? अनि केटी खै त , काे सँग हाे बिवाहा गर्ने ? भनी साेधे । केटाले केही पर रहेकि केटीलाई बाेलाएर उसैसँग हाे भने । सहायक प्रजिअ भण्डारीले केटाकेटी काे उमेर साेध्दा केटीको उमेर १८ वर्ष भन्ने पत्ता लाग्याे । तत्कालै २० वर्ष नपुगित बिवाहा गर्न पाइँदैन नि थाछकि छैन भन्दा थाहा छ पनि भने । साथै केटाकेटीले सिन्दुर मात्रै हाल्ने हाे भन्न भ्याए ।

सबै कुरा सुनेका सहायक प्रजिअले तत्कालै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहरालाइ फाेन सम्पर्क गरि घटनाको बारेमा जानकारी गराए र प्रहरी आएर केटाकेटीलाई प्रहरीले नियन्त्रणमा लियो । अहिले केटाकेटी जिल्ला प्रहरी कार्यालय तनहुँमा रहेका छन् ।
यता घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा केटा बाराकाे र केटी खाेटाङकाे भएको बताइएको छ । प्रहरीले घटना सामान्य भएको भन्दै उनिहरूकाे अभिभावकलाई खबर गरिएको र मंगलबार अभिभावक आएपछि थप साेधपुछ गरेर अभिभावककाे जिम्मा लगाउने बताएको छ ।




































