आदर्श युथ क्लव पतेनीकाे फुटबल प्रतियोगिता बैशाख १ गतेबाट हुने:
आदर्श युथ क्लव व्यास ५ सांगे पतेनीकाे आयाेजनामा २०८१ बैशाख १ गते देखि ५ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

समुन्नत र सम्मृढ समाज विकासको मुल आधार नैं युवा भन्ने नाराका साथ हुने प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ तथा द्धितिय हुने टिमले २७ हजार ७ सय ७७ रूपयां नगद तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक , उत्कृष्ठ गोलकर्ता लाई समेत पुरस्कारकाे व्यवस्था रहेको श्रेष्ठले जानकारी दिए । प्रतियोगिताकाे लागि टिम दर्ता शुल्कः४,५००-५००/-रहेको र चैत ३० गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने क्लवका अर्का युवा सचिन थापाले बताए ।




































