आँबुखैरेनीका विद्यालयलाई कम्प्युटर सहयोग

आँबुखैरेनीका विद्यालयलाई कम्प्युटर सहयोग

नेपाल विद्युत प्राधिकरण अन्तर्गत मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाले आँबुखैरेनी गाउँपालिकाका १२ विद्यालयलाई १५ वटा कम्प्युटर सेट हस्तान्तरण गरेको छ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, सबै वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजनाका सहायक प्रबन्धक कमलराज चुके, स्टोर शाखा प्रमुख सुभाष अधिकारी, सहायक इन्जिनियर हस्तबहादुर देवकोटा र वातावरण संरक्षण अधिकृत अन्नत पौडेलको टोलीले कम्प्युटर हस्तान्तरण गरेका थिए।

कम्प्युटर सहयोग प्राप्त विद्यालयहरूमा विकास ज्योति आधारभूत विधालय., अरुणोदय आधारभूत विधालय, पञ्चकन्या आधारभूत विधालय, जलदेवी आधारभूत विधालय, अन्नपूर्ण आधारभूत विधालय, जम्मादेवी आधारभूत विधालय, आँबु आधारभूत विधालय, सयपत्री आधारभूत विधालय, चण्डेश्वरी आधारभूत विधालय, अकला आधारभूत विधालय, छिम्केश्वरी मा.वि. र रामशाह मा.वि. रहेका छन्।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले, “यस सहयोगले विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात गर्न सहयोग पुर्‍याउने र विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सहजता आउने विश्वास व्यक्त गरिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page