अपाङ्गता भएका ब्याक्तिहरु बुल्दीखोला सरसफाइ अभियानमा सहभागी भएकाे भन्दै सम्मानित

अपाङ्गता भएका ब्याक्तिहरु बुल्दीखोला सरसफाइ अभियानमा सहभागी भएकाे भन्दै सम्मानित

अपाङ्गता भएका ब्याक्तिहरु बुल्दीखोला सरसफाइ अभियानमा सहभागी भएकाे भन्दै सम्मानित भएका छन् । जेठ १७ गते सुरु गरेको बुल्दिखोला सरसफाइ अभियानमा अपाङ्गता भएका ब्याक्तिहरु सक्रिय रूपमा सहभागी भएको भन्दै उनिहरूलाई सम्मान गरिएको हाे । तनहुँ उधोग बाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा सामाजिक अभियान्ता मोहम्मद सुदिप गफ्फार र तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले उनिहरूलाइ सम्मान गरेका हुन् ।
कार्यक्रममा तनहुँ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष बैकुण्ठ मिश्रले फोहर भुइमा होइन भाडाेमा अरु कसैले होइन स्वयंले नै स्वयं ले सृजित फोहोरमैला ब्यवस्थापन स्वयंले नै गर्नुपर्ने बताए।

समाजसेवी कबियत्री नारायणी अधिकारीले पानीको बोतल खोल्दाको खोल सहभागी बिद्यार्थीहरुले हेर्दाहेर्दै खल्तीमा राखेको दृश्य ले बानिको बिकास भएको भन्दै अब घर गाउँ टाेल छिमेकमा पनि फोहोर ब्यबस्थापनमा अभियान्ता सरह कार्य गर्न बिद्यार्थीहरुलाइ उदघोस गरिन्।

अपाङ्गता अधिकारकर्मी मदन पौडेलले अपाङ्गता भएका ब्याक्तिलाइ प्रदान गरिएको हौसला ले अन्य ब्याक्तिलाइ पनि अभियानमामा जान प्रेरित गरेको बताए

अभियान्ता गफ्फारले अपाङ्गता भएका ब्याक्तिहरुको उपस्थिति र योगदानलाइ उच्च प्राथमिकतामा राखी समाजका हरेक गतिविधिमा सक्रिय सहभागी भएर उल्लेखनीय योगदान पुर्याउन सकिने सबै निकायको हातेमालो गरि सगै अगाडि बढनुपर्ने बताए।

आगामी दिनमा अभियान्ता गोफरको अभियानमा हातमा हात साथमा साथ दिई समाज परिवर्तनमा म बदलीए मेरो देश बदल्ने नारामा एकताबद्द भइ अगाडी बढ्न सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए । तनहुँ जिल्लाका अपाङ्गताको क्षेत्रमा क्रियासिल संघ संस्था रिसेडका अध्यक्ष कृष्ण बहादुर थापा, सहृदयी मञ्च नेपाल सचिव कृष्ण थापा, अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँकि अध्यक्ष सीता देवि कुवर , ब्यास लेखाजोखा केन्द्रका संयोजक ईश्वर बास्तोला लगायत कार्यक्रममा सहभागी थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page