लाेकप्रिय मेडिकलमा अब बिशेषज्ञ डाक्टरले दैनिक सेवा दिने

लाेकप्रिय मेडिकलमा अब बिशेषज्ञ डाक्टरले दैनिक सेवा दिने

व्यास नगरपालिका वडा नं २ मा रहेको लोकप्रिय मेडिकल क्लिनिकले मेडिकल अफिसर डा.दिपेन्द्र यादवलाई शुक्रबारदेखि नियुक्त गरी सेवा प्रवाह दिन थालेकाे छ । दैनिक बाह्र घण्टा स्वास्थ्य सुविधा प्रदान कार्य अघि बढाएको सो क्लिनिकले बिसेसज्ञ डाक्टर राखेपछि थप गुणस्तरीय सेवा हुने जनाएको छ । डा.यादवमा बिगत लामो समय देखिको बिरामी जाँच सेवाको अनुभव रहेको क्लिनिक संचालक राजु दाहालले जानकारी दिए । डाक्टर यादवमा भिडियो एक्सरे समेतको बिशेष तालिम क्लिनिकल अल्ट्रासोनोलोजिस्ट योग्यता रहेको बताइएको छ । 

अब लोकप्रियबाट प्रत्येक दिन सेवा प्रवाह गर्न बिहान ७ देखि बेलुका ९ बजेसम्म पुर्णकालिन चिकित्सकको रुपमा नियुक्ति गरिएको संचालक दाहालले बताए । क्लिनिकले गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ थप सेवा बिस्तार गरिएकाले आउँदा दिनमा जनभावना अनुरुप काम गर्ने अपेक्षा गरिएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page