दमाैली बजार अब सि सि क्यामराकाे निगरानीमा

दमाैली बजारको अधिकांश भाग अब सि सि क्यामराकाे निगरानीमा रहने भएको छ । व्यास न पा २ न वडा कार्यालयले वडा भित्रका १७ वटै टाेलमा पुग्ने गरि २७ वटा सि सि क्यामरा जडान गरेपछि क्यामराकाे निगरानीमा रहने भएको हाे । वडा बासिहरुका लागि बिभिन्न किसिमका घटना, दुर्घटना, मादक पदार्थ सेवन, झै झगडा, मारपिट, लागु औषध सेवन, तस्कर, सवारि दुर्घटना लगायतका बिभिन्न समयमा हुन सक्ने दुर्घटना लाई न्युनिकरण र वडा बासिहरुलाई सुरक्षित राख्नका लागि २७ थान सि. सि. क्यामरा जडान गरिएकाे वडा सदस्य सुरेश वाग्लेले बताए ।

अब कुनै पनि टोलमा दुर्घटना भएमा जि. प्र. कार्यालय वा सिधै वडा कार्यालयको सि. सि. टिभि फुटेज बाट पनि हेर्न सक्ने ब्यबस्था गरिएको समेत वाग्लेले जानकारी दिए ।


























