तनहुँमा माइक्रोबस दुर्घटना

तनहुँमा माइक्रोबस दुर्घटना

तनहुँ, साउन १३ – वेसीशहरबाट काठमाडौं जाँदै गरेको ग १ ख ४०११ नम्बरको माइक्रोबस मंगलबार तनहुँको भानु नगरपालिका–८ फौदीखोला पुल नजिक दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार दुई वटा मोटरसाइकललाई जोगाउने क्रममा माइक्रोबस अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किँदा घरमा क्षति पुगेको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

माइक्रोबसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। फाेटाे राजेश कार्की

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page