सामाजिक विकास कार्यालय तनहुँकाे वित्तीय प्रगति ८७ दशमलव ८३ !

सामाजिक विकास कार्यालय तनहुँकाे वित्तीय प्रगति ८७ दशमलव ८३ !


सामाजिक विकास कार्यालय तनहुँकाे वित्तीय प्रगति ८७ दशमलव ८३ रहेको पाइएको छ ।
आव ०८१/०८२ मा सम्पादित कार्यक्रमहरूकाे वार्षिक प्रगति समिक्षा एवम् चालू आ व ०८२/ ०८३ काे कार्यक्रम प्रवाेधिकरण कार्यक्रममा कार्यालय प्रमुख विधुरहरि आचार्यले उक्त प्रगति सार्वजनिक गरेका हुन् ।

बुधबार जिल्ला समन्वय समितिको सभाहल, दमौलीमा सम्पन्न भएको कार्यक्रममा प्रमुख आचार्यले सामाजिक विकास कार्यालय तनहुँकाे अघिल्लो वर्षको उपलब्धिहरू प्रस्तुत र आगामी वर्षका योजना सार्वजनिक गरेका थिए । कार्यालयले आर्थिक वर्ष २०८१/८२ को समिक्षा गर्दै चालु वर्ष २०८२/८३ का लक्ष्यहरूबारे जानकारी गराएको हो। कार्यालयले अघिल्लो आर्थिक वर्षमा चालुतर्फ ९२.५० प्रतिशत र पूँजीगततर्फ ८७.०३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ। पूँजीगत खर्च अन्तर्गत रु ३ करोड ८१ लाख ५० हजार विनियोजन भएकोमा रु ३ करोड १३ लाख २५ हजार ४८४ खर्च भएको प्रमुख आचार्यले उल्लेख गरे।

त्यो अवधिमा विद्यालय भवन, खेलमैदान, मठ–मन्दिर र गुम्बाहरूको निर्माण सम्पन्न गरिएको जानकारी पनि उनले दिए। महिला , बालबालिका , अपांगता भएका , द्वन्द पिडीत लैङ्गिक हिंसा , जेष्ठ नागरिक , किशोरी आत्मरक्षा , बालमैत्री स्थानीय शासन प्रवर्द्धन , आत्महत्या राेकथाम तथा न्युनिकरण र मिडिया सँग सामाजिक बिकास लगायतमा बजेट खर्च भएको आचार्यले जानकारी दिऐ ।
अबको चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यालयले रु ९ करोड ४२ लाख बजेट विनियोजन गरेको बताइएको छ।

कार्यक्रमले विगतका सिकाइहरूमाथि चर्चा गर्दै नयाँ योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्‍यो।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, र जिल्ला समन्वय अधिकारी प्रकाश पौडेलले धारणा राखेका थिए ।

बैठकले गत वर्षका उपलब्धि, चुनौती र सिकाइका आधारमा चालु आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक दिशानिर्देशनहरू प्रदान गरेको छ। उक्त कार्यक्रमकाे सहजीकरण कार्यालयका लेखा अधिकृत कृष्ण न्याैपानेले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page