तीज गीत प्रतियोगितामा दमाैलीमा द्धितीय भएको पुर्काेट युनेस्को क्लव भानुमा प्रथम

तीज गीत प्रतियोगितामा दमाैलीमा द्धितीय भएको पुर्काेट युनेस्को क्लव भानुमा प्रथम

लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान तनहुँकाे आयाेजनामा सनिवार दमाैलीमा भएको तीज गीत प्रतियोगितामा द्धितीय भएको पुर्काेट युनेस्को क्लव भानुमा भएको तीज गीत प्रतियोगितामा प्रथम भएको छ । प्रथम भएसँगै युनेस्को क्लबले एकैदिन दुईवटा पुरस्कार हात पारेको छ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा कृष्ण जन्मास्टमीका दिन भानु सामुदायिक बिकास सहकारी संस्था लि.भानु  तनहुँको आयोजनामा  भानु-२ स्थित ठूलो बगैंचामा “खुल्ला तीज गीत प्रतियोगिता ” भएको थियो।

प्रतियोगितामा पुर्कोट युनेस्को क्लब भानु -९  प्रथम हुँदा दोस्रो स्थान थप्रेक बेशी भानु-२  ले हात पारेको थियो भने तेस्रो स्थान मनकामना बिध्या मन्दिर भानु-२ ले हात पारेको थियो । यस्तै प्रतियोगितामा सान्त्वना पुरस्कार चुदी महिला सा.बि.सा भानु-४ र  कालिका साबिसाले जितेको छ। प्रतियोगितामा बिजयी टिमलाई भानु नगरपालिकाकी उपप्रमुख उमा गाेतामेले पुरस्कार प्रदान गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page