म्याग्दे गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा भीमसेन आमा समूह प्रथम

म्याग्दे गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा भीमसेन आमा समूह प्रथम

महिलाहरूकाे महान् पर्व हरितालिका तीजको अवसरमा म्याग्दे गाउँपालिकाकाे आयाेजनामा भएको म्याग्दे गाउँपालिका स्तरीय खुल्ला तीज गीत प्रतियोगितामा भीमसेन आमा समुह प्रथम भएको छ ।प्रतियोगितामा सहभागी १७ टिमलाई पछि पार्दै भीमसेन आमा समूह प्रथम भएको हाे । यस्तै प्रतियोगितामा जनचेतना आमा समूह द्धितिय भएको छ भने वेदकालिका कृषक समूह तृतीय र बिजुली आमा समूह सान्त्वना भएका छन् ।

म्याग्दे सभा हल वडा नं ३ ठुलो बगैंचामा भएको प्रतियोगितामा बिजयी टिमले क्रमश प्रथम पुरस्कार १८ हजार र प्रमाणपत्र , द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १२ हजार तथा सान्त्वना पुरस्कार ७ हजार तथा सहभागी टिमलाई १ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बिजयी टिमलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page