भानुका मितव्ययी हाकिम भण्डारी , जसले बनाएका छन् पालुङटार न.पा.लाई गण्डकीमै उत्कृष्ट

भानुका मितव्ययी हाकिम भण्डारी , जसले बनाएका छन् पालुङटार न.पा.लाई गण्डकीमै उत्कृष्ट

कुशल प्रशासक र मितब्ययी हाकिमकाे छवि बनाएका भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले यसभन्दा अगाडि बसेकाे पालुङटार नगरपालिकालाई गण्डकी प्रदेशकै उत्कृष्ट बनाउन सफल भएका छन् । करिब साँढे दुई वर्ष विवादरहित तरिकाले पालुङटार नगरपालिकाकाे प्रमुख प्रशासकिय बसेका भण्डारी नेतृत्वको नगरपालिकाले सुक्रवार सार्वजनिक स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा गण्डकी प्रदेशमै उत्कृष्ट हुन सफल भएको हाे ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुणस्तर परीक्षणमा गण्डकी प्रदेशमै उत्कृष्ट उपलब्धि हासिल गरेको नगरपालिकाकाे श्रेणीमा पालुङटारले गण्डकी प्रदेशभर उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको छ भने समग्र मूल्याङ्कनमा प्रदेशभर तृतीय स्थान र गोरखा जिल्लामा भने समान अंक (८७.७५) सहित पहिलो स्थानमा रहन सफल भएको छ। समान अंक सहित भिमसेन थापा गाउँपालिका पनि प्रथम भएको छ । आ व २०८०/०८१ काे उक्त नतिजाले झण्डै साँढे दुई वर्ष प्रमुख प्रशासकिय बसेका गाैतम भण्डारीलाई यसको जस गएकाे छ । उनको अब्बलता , कुशलता , इमानदारीता र क्षमता उनलेे नेतृत्व गरेको नगरपालिका गण्डकीमै उत्कृष्ट हुनुले पनि पुष्टि गर्दछ ।

यस उपलब्धिलाई पालुङटारवासीका लागि गर्वको विषय रहेको भन्दै नगरपालिकाले पारदर्शी, उत्तरदायी र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको प्रतिबद्धताको परिणामस्वरूप यो उपलब्धि हासिल भएको नगरप्रमुख विवस चिन्तनले बताएका छन्।

उनका अनुसार, “नीति निर्माणदेखि कार्यान्वयनसम्मको समन्वय, जनप्रतिनिधि, कर्मचारी र समुदायको सक्रिय सहभागिताले पालुङटारलाई उत्कृष्ट नतिजासम्म पुर्‍याएको हो।”

नगरपालिकाले विगत केही वर्षदेखि सुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिक सहभागिता र समग्र संस्थागत क्षमता विकासमा निरन्तर सुधारका प्रयासलाई अघि बढाउँदै आएको छ। अबको प्रमुख चुनौती भनेको यस उपलब्धिलाई स्थायी र अझ प्रभावकारी बनाउन तथा आगामी वर्षहरूमा नयाँ–नयाँ नविनता सेवा र कार्यशैलीमा ल्याउनु रहेको नगरले जनाएको छ। पालुङटार रहँदा देखाएको याे अब्बलता अब भानु नगरपालिकामा पनि देखाउनुपर्ने भण्डारीलाई चुनाैती थपिएको छ । यसको सुरुवात स्वरूप प्रमुख भण्डारीले फजुल खर्चहरू , तेल , खाजा , खाना ,सवारीसाधन लगायतका विषयमा मितव्ययिताकाे सुरुवात गरिसकेका छन् । उनी आएकाे सात महिना पुग्न लाग्दा अघिल्लो वर्षहरूकाे तुलनामा सुधारका संकेतहरू देखिन थालिसकेका नगरपालिकाकै कर्मचारीहरू बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page