जाेशी एफएमकाे कार्यक्रममा पानी बराबरका भण्डारी र न्याैपानेकाे इन्ट्री !
पुर्व मन्त्री गाेविन्द राज जाेशीकाे एफएम भनेर चिनिएको दमौली एफएमकाे कार्यक्रममा पुर्व मन्त्री एवम् काङ्ग्रेस नेता शंकर भण्डारी र व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्याैपानेकाे इन्ट्रीले तनहुँ काङ्ग्रेसको राजनीतिमा तरंग ल्याएको छ । कुनै समय पानी बराबरको सम्बन्धमा रहेका भनिएका यी नेताहरू दमाैली एफएमकाे कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथि कसरी बन्न पुगे भन्ने बिषयले अहिले काङ्ग्रेसको राजनीति मात्रै हाेइन दमाैलीका चिया पसलमा समेत चर्चाको बिषय बनेको छ ।

प्रसङ्ग थियो दमाैली एफएम द्वारा मंगलबार आयोजित तीज गीत प्रतियोगिता कार्यक्रम । दमाैली एफएमले हरेक वर्ष जस्तै यसपटक पनि तीज कार्यक्रम आयाेजना गरेको थियो । हरेक वर्ष हुने कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री गाेबिन्द राज जाेशी आँफै हुँदै आएका भए पनि यसपटक उनी आएनन् । उनी नआउने भएपछि नयाँ प्रमुख अतिथिकाे खाेजी हुन थालेको एफएमका एक सदस्यले बताए ।

जाेशीले नैँ हुन्छ भनेका थिए भण्डारीलाई !
तीज गीत प्रतियोगिता हुने निर्णय गर्दा प्रमुख अतिथि कसलाई बनाउने भन्ने छलफल सञ्चालक समितिमा भएको थियो । तर उक्त दिन प्रमुख अतिथिकाे रूपमा काङ्ग्रेस नेता शंकर भण्डारी , राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले लगायतको नाम आएपछी प्रमुख अतिथिको एजेन्डा थाँती राखी अन्य एजेन्डामा निर्णय भयो । त्यसलगत्तै दमाैली एफएमका अध्यक्ष हरिशरण पण्डितले एफएमका संरक्षक जाेशीलाइ फाेन गरे । फाेनमा उक्त व्यक्तिहरूकाे बारेमा प्रस्ताव राख्दा भण्डारीकाे नाममा जाेशीले हुन्छ भने । त्यसपछि नैं भण्डारीलाई प्रमुख अतिथि बनाउने तय भएको हाे ।
यता अर्को एकथरीले भने फरक तर्क पनि गरिरहेका छन् । एफएममा प्राडा कृष्णप्रसाद गाैतम , परशुराम गिरी , अध्यक्ष हरिशरण पण्डित , प्रताप अधिकारी लगायत नैँ भण्डारीलाई ल्याउन लागिपरेका कारण याे सम्भव भएको हाे ।
सर्वोच्चकाे फैसला पछि पुर्व मन्त्री जाेशी काठमाडौंमै छन् । उनको काेर टिम काङ्ग्रेस अझै पनि जाेशीलाइनैँ अभिभावक मानेर बसिरहेको छ । त्यो टिम सुरक्षित राजनीतिक अवतरण चाहन्छ । यस्तो अवस्थामा जाेशी पछिकाे नेता कसलाई मानेर राजनीतिमा सक्रिय हुनेत भन्ने याे टिममा चिन्ता छ । यस्तो अवस्थामा भण्डारीलाई हामीले अभिभावक मान्ने र भण्डारीले जाेशीलाइ अभिभावक मान्ने उनिहरूकाे बुझाइ छ । उक्त टिमका एक सदस्यले नाम नवताउने शर्तमा उक्त भनाइलाई यथार्थता यही हाे भन्दै साे भनाइ स्विकारेका छन् ।
व्यासका मेयर न्याैपाने कसरी बने बिशिस्ट अतिथि !
कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बिशिस्ट अतिथि रहेका भए पनि चर्चामा मेयर न्याैपानेकाे नाम अगाडि आएकाे छ । जाेशी सँगकाे सम्बन्ध मात्रै हाेइन छाेरा दिपकराज मेयरकाे प्रतिष्पर्धि भए पछि पानी बराबरको सम्बन्ध मात्रै हाेइन अदालती मुद्दाले उनिहरूमा ठुलो तिक्तता छ । एफएमका एक सदस्य भन्छन् , हामीले बाेलाएपनी मेयर साव आउनुहुन्छ भन्ने लागेको थिएन । न्याैपाने पक्कै आउँदैनन भनेर केही वडाअध्यक्षहरू समेत गाली खाइन्छकी भनेर गएका थिएनन् । तर पछि न्याैपाने टुप्लुक्क पुगे । त्यसाेत भण्डारी सँग पनि न्याैपानेकाे सम्बन्ध राम्रो मानिँदैन । न्याैपाने जान भन्दा पहिला उपमेयर इन्दिरा दरै भने कार्यक्रममा पुगिसकेकी थिइन् । सुरुमा उक्त कार्यक्रमकाे समन्वय नैँ उपमेयरले गरेको र कार्यक्रमका लागि व्यास नपाबाट ५० हजार सहयोग मिलाउने वातावरण पनि उपमेयर दरैलेनैँ गरेको बताइएको छ । नपाले नैँ सहयोग गरेको कार्यक्रममा मेयर न्याैपाने जान त्यसकारण पनि सजिलो भएको बुझाइ एकथरीकाे छ । त्यसाेत न्याैपानेले भाषणमै त्यो कार्यक्रममा धेरैले नजान भनेपनी आँफु आएकाे बताएका मात्रै थिएनन् , दिपक राज जाेशीलाइ समेत खाेजेका थिए ।
यता यश सम्बन्धमा एफएमका अध्यक्ष पण्डित सँग सम्पर्क गर्दा जाेशी सर सँगै सम्पर्क गरेर प्रमुख अतिथि तय गरिएको बताए । भण्डारीलाई प्रमुख अतिथि बनाउँदा सबै समेटिने भएकोले पनि पहिलो राेजाइमा उनी परेको पण्डितले जानकारी दिए । कुनै समय पानी बराबरको सम्बन्धमा रहेका नेताहरू एकैठाउँमा देखिनुले राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने कुरालाई पुष्टी गरेकाे छ ।
























