दमाैलीमा माेटरसाइकलले ठक्कर दिँदा दुई वर्षकी बालिका र स्कुटर पल्टिँदा राई घाइते

दमाैलीमा माेटरसाइकलले ठक्कर दिँदा दुई वर्षकी बालिका र स्कुटर पल्टिँदा राई घाइते


तनहुँकाे व्यास न.पा. ४ स्थित आदर्श बोर्डिङ स्कुल अगाडी भित्री सडक खण्डमा एक माेटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी छन् । हाईवेबाट ४ नं. वडा का. तर्फ जादै गरेको ग १६ प ४१ नं. को मो.सा.ले ऋषिङ गा.पा. १ झापुटार बस्ने बर्ष २ कि बालिकालाई खेल्ने क्रममा ठक्कर दिई घाईते बनाएको थियो । घाइते बालिकालाई उपचारको लागी प्रदेश अस्पताल दमौली पठाईएकोमा थप उपचारको लागी फिस्टेल अस्पताल पोखरा रिफर गरिएको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

यसैगरी आजै व्यास न.पा. १ अम्रेनी स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा अर्को स्कुटर दुर्घटना भएको छ । डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग १५ प ९५५९ नं. को स्कुटर चालकले नियन्त्रण गुमाई सडकको डिभाईडरमा ठोक्कीदा स्कुटर चालक व्यास १० बस्ने बर्ष २८ को दिनेश राई घाईते भई उपचारको लागी प्रदेश अस्पताल दमौली पठाईएको र अवस्था मध्यम रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page